Rule 4
७ विशेष ज्यालादर तथा मूल्य निर्धारण समिति
:
४.७.१ नेपाल सरकारले देहायका पदाधिकारीहरू रहेको एक विशेष ज्यालादर तथा मूल्य निर्धारण
समिति गठन गर्नेछः–
४.७.१.१ प्रधान अन्वेषण अधिकारी, पुरातत्व विभाग – अध्यक्ष
४.७.१.२ सिनियर डिभिजनल इन्जिनियर, भवन विभाग – सदस्य
४.७.१.३ प्रतिनिधि, (अधिकृतस्तर) महालेखा नियन्त्रकको कार्यालय – सदस्य
४.७.१.४ प्रतिनिधि, (अधिकृतस्तर) जिल्ला प्रशासन कार्यालय, काठमाडौं – सदस्य
४.७.१.५ सिनियर डिभिजनल इन्जिनियर, पुरातत्व विभाग – सदस्य–सचिव
४.७.२ नियम ४.७.१ बमोजिम गठित समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण
गरे बमोजिम हुनेछ ।